२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै


390
Shares

काठमाडौं । मंगलबार नेपाल संवत् तिथि बमोजिम गुंलागा त्रयोदशी अर्थात पञ्चदान । बौद्ध संस्कृतिअनुसार मंगलबार नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् ।

उपत्यकाका वौद्ध नेवार समुदायले गुँला पर्व अन्तर्गत गुंलागा त्रयोदशी तिथिमा पञ्चदान गर्ने चलन छ । यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाएर चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गर्ने गरिन्छ ।

काठमाडौंको स्वयम्भू महाचैत्यमा मंगलबार दान दिने र लिनेको ठूलो भीड लाग्ने गर्दछ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।

मंगलबारकै दिन महाबौद्धबाट १ सय २० जना भिक्षुहरु भिक्षाटन गर्दै स्वयम्भूको भगवानपाउस्थित भुइखेल पुग्ने गर्दछन् ।