
काठमाडौं । नेकपा (एमाले) ले मंगलबार आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ ।
सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने बताइएको छ ।
पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको बताइएको छ ।
नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि लगिदैँ छ ।
प्रतिक्रिया दिनुहोस्