
काठमाडौं । सरकारले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसाथ गर्नसक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने जनाएको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता स्वं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेम्वाङले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै स्वर्गीय नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसाथ गर्नसक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास सरकारको रहेको बताउनु भयो ।
सरकारले नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्र्णय गरेको छ । मन्त्री शर्माले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय भएको पनि बताउनु भयो । अन्तिम संस्कार गर्ने दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने भन्ने निर्णय भएको उहाँले बताउनु भयो ।।
नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोमा नेपाल सरकारले गहिरो शोक पनि प्रकट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्