
ललितपुर । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
मंगलबार बिहान पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको हो ।
त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ । स्वर्गीय नेम्वाङको अन्त्यष्टि भोलि गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्