
फाइल तस्बिर
काठमाडौं । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट भाद्र २५ गते सशस्त्र प्रहरीले ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने ३० वर्षिय ईस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाह) बाँकेले नियन्त्रणमा लिएको हो ।
भारतबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ र मोटरसाईलकसहित आवश्य कारबाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।
मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्