१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


गौहत्याको बिरोधका राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै


169
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुधबार काठमाडौंमा वृहत विरोध सभा गर्ने भएको छ ।

राप्रपाले गौहत्याको विरोध, आर्थिक संकटमा सरकारको उदासिनता, बेरोजÞगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिन विरोधसभा गर्न लागेको हो । गौहत्याको विरोधमा देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउने तथा हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दवाव दिने पनि राप्रपाले जनाएको छ ।

राजधानीका विभिन्न स्थानबाट निकालिने विरोध जुलुसहरु मध्यान्हपछि भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।