१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टर्कीले लिबियालाई सहायता सामग्रीसहितका ३ वटा विमान पठायो


3.445k
Shares

एजेन्सी । टर्कीले लिबियाको पूर्वी भागमा आँधी कारण आएको बाढीपछि राहत सामग्रीसहतिको मानवीय उद्धार टोलीसहितका ३ वटा विमान पठाएको छ ।

टर्कीले मंगलबार साँझ तीन वटा विमान लिबिया पठाएको हो । टर्कीको रक्षा मन्त्रालयले मित्रवत सम्बन्धका लागि उद्धार टोली र सहायता सामग्री आवश्यक आपूर्ति जारी राख्ने बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि आवश्यक सहायता गर्ने प्रतिवद्धता जनाउनुभएको छ । लिबियाको पूर्वी भागमा आईतवार आएको भीषण बाढीका कारण लिबियाको डेर्ना शहरमा कुल ३ हजार ६० जनाको मृत्यु भएको छ भने ५ हजार २ सय जना बेपत्ता छन् । लिबियामा आईतवा भूमध्यसागरीय आँधीका कारण बाढी आएको हो ।

आँधीले पूर्वाधारमा ठूलो क्षति गरेको छ ।