
एजेन्सी । उत्तर—पश्चिम टर्कीमा पुरातात्विक सम्पदा उत्खननका क्रममा २३ सय वर्ष पुराना सामग्री फेला परेका छन् ।
अध्ययनका क्रममा २५ जनाको टिमले हालै उत्खनन गर्दा २३ सय वर्ष पुराना कलाकृति फेला परेको बताइएको हो ।
२३ सय वर्ष पहिलाका जीवनलाई चित्रित गर्ने त्यो बेला प्रयोग हुने भाँडाकुँडा, धार्मिक कार्यमा प्रयोग हुने अन्य सामग्रीहरु र साना साना मूर्ति फेला परेको बताइएको छ ।
क्यानाक्कले प्रान्तको एसोस गाउँमा रहेको पुरानो झरना संरचनाको किनारमा रहेको एक स्थानमा उत्खनन गरिएको अनुसन्धान टोलीका प्राज्ञिक तथा प्रमुख नुरेटिन अर्सलानले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्