
काठमाडौं । प्रद्धिस अमेरिकी म्यागजिन ‘टाइम’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सन् २०२३ मा विश्वका सय जना उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको छ ।
म्यागेजिनले ‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो ।
स्वतन्त्र उम्मेदवार बनेर ३३ वर्षीय बालेनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोगबाट चुनाव जितेको म्यागजिनले उल्लेख गरेको छ । बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताका साना तथा अत्यावश्यक आवश्यकताको समाधानमा जोड दिएको पनि उल्लेख गरिएको छ ।
मेयर बालेनले काठमाडौंको फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याएको टाइम म्यागेजिनको विश्लेषण छ ।
काठमाडौंमा वर्षाैंदेखि भईरहेको अतिक्रमण भत्काइरहेको भन्दै म्यागेजिनले प्रशंसा समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्