२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


3.861k
Shares

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीनजना घाइते भएका छन् । बागमती नगरपालिका– ८ गाजली चोकस्थित राजघाटबाट सोल्टी आइरहेको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र हरिवनबाट रौतहटको समनपुर जाँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटर साइकल एक आपसमा ठोकिँदा बा ३० प ९४०७ नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका– ८ शंकरपुरका ५० वर्षीय गणेश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते कार्कीको हरिवनस्थित सरस्वती हस्पिटल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो । अर्का मोटरसाइकल सवार हरिवन नग।पालिका– १ का ३२ वर्षिय मुकेश कुमार साह उनकी श्रीमती २६ बर्षिया शान्ता कुमारी साह र ३ वर्षिया छोरी प्रिया कुमारी साह घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

उनीहरुको हरिवनस्थित नमुना अस्पतालमा उपचार भइरहेको छ ।