१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भेपमा सुन तस्करी मुद्धाको अनुसन्धान प्रतिवेदन चाडै बुझाइने


494
Shares

काठमाडौं । भेपमा सुन तस्करीको मुद्धाको अनुसन्धान प्रतिबेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चाडै बुझाउने भएको छ ।

विद्युतीय चुरोट भेपमा भित्रिएको ९ किलो सुन प्रकरणको मुद्दा छिट्टै टुंगोमा पुग्ने सीआईबीले जनाएको छ । भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्। उनी पनि सीआईबीकै हिरासतमा छन्। भेपमा सुन ल्याउने गिरोहका नाइके दावाजिन वाङ सहितका तस्कर भने फरार छन् ।

सीआइबीले गत साउन ३ गते ब्रेक सुमा लुकाइ ल्याएको ६१ किलो सुनको अनुसन्धान पूरा गरि ३२ जना बिरुद्ध मुद्धा चलाउने राय सहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिबेदन बुझाएको छ भने १८ जनालाइ फरार सुचिमा राखेर खोजी जारी रहेको जनाएको छ ।

६ वटा समुहले कम्पनी खोली सामान आयात गर्दा विभिन्न सामानमा लुकाइ सुन तस्करी गर्दै आएको मुद्धामा अनुसन्धान गर्न बाँकी रहेको र त्यसलाई पनि अनुसन्धान गरि अभियोजन लिएर जाने ब्युरोकी प्रमुख किरण बज्राचार्यले बताउनु भयो ।

सन् २०२१ देखि ०२३ जुलाईसम्म गिरोहले करिब १ अर्ब रुपैयाँ क्रिप्टोमार्फत कारोबार गरेको पनि खुलेको छ। सुन तस्करी, भन्सार छली, हुन्डी र अरू अपराधबाट आर्जित सम्पत्ति गिरोहले क्रिप्टो भुक्तानी ‘यूएसडीटी’ मार्फत गर्ने गरेको सीआईबी स्रोतको भनाइ छ ।