१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लायन्स क्लव अफ काठमाडौं मेडिटेसनद्वारा रक्तदान कार्यक्रम आयोजना


520
Shares

काठमाडौं । लायन्स क्लव अफ काठमाडौं मेडिटेसनले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

लायन्स क्लव अफ काठमाडौं मेडिटेसनको आयोजनामा काठमाडौं महानगरपालिका वडा नम्बर २०,कन्या खुवाउने गुठी र नेपाल रेडक्रस सोसाइटीको संयुक्त प्रयासमा काठमाडौंको भिमसेनस्थान स्थित गुठी भवनको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा रेडक्रस सोसाइटीका अमृत नारायण मानन्धर, लायन्स क्लव अफ मेडिटेसनका रघुवरभक्त मानन्धर, काठमाडौं महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धर र प्रसिद्ध म्याराथुन धावक बैकुन्ठ मानन्धरको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा ४० जनाभन्दा बढीले रक्तदान गरेका छन् ।