१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा आयुर्वेद सम्बन्धि फिजियोथेरापी सेवा सञ्चालनमा


1.378k
Shares

काठमाडौं । काठमाडौंमा आयुर्वेदसम्बन्धि फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ ।

शनिबार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गर्नुभएको हो ।

आयुर्वेदसम्बन्धि नेपाली र चिनियाँ पुराना उपचार विधि समेत एकैठाउँबाट सेवा पाउने गरी निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टर स्थापना गरिएको त्यसका अपरशेन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णिम सुवालले जानकारी दिनुभयो । सो सेन्टरमा फिजियोथेरापीको अलवा आयुर्वेदिक आयल थेरापी पनि गरिन्छ ।

सेन्टरले आफ्नो सेवा लिएबापत २ सय रुपैयाँदेखि ३ हजारसम्म शुल्क लाग्ने पनि जनाएको छ । सेन्टरका अनुसार यो शुल्क काठमाडौंमा रहेका फिजियोथेरापीहरु मध्ये सबै भन्दा सस्तो हो । यसमा चाईनिज अकुपञ्चार विधिबाट पनि उपचार गर्ने गरिन्छ ।