
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताउनुभएको छ ।
शनिवबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निस्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीको अम्ेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छाैँ भनेर विश्व समुदायलाई अपिल गर्नुहुने काम मुख्य प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले शाीन्त प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निस्कर्षमा पुर्याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताउनुभयो । उहाँले खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको बताउनुभयो ।
माओवादीले सरकारले थालेका भ्रष्टाचारबिरुद्धका, मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषयहरु टुंगोमा पुर्या दबाब दिएको छ ।
प्रतिक्रिया दिनुहोस्