१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा


10.101k
Shares

काठमाडौं । जनकपुरमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी स्थानीय युवाले नियन्त्रणमा लिएका छन् ।

सरकारी गाडीको दुरुपयोग बढेको भन्दै युवाहरूले जनकपुरधाम उपमहानगरपालिकास्थित भानु चोकमा शनिबारका दिन पनि सरकारी गाडी चलाएको भन्दै सरकारी गाडी नियन्त्रणमा लिई धनुषा ट्राफिक प्रहरीलाई बुझाएका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको नेतृत्वमा युवाहरुले सञ्चालन गरिएको अभियानमा बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिइएको हो ।

युवाहरुले शनिबार पाँचवटा सवारी साधन नियन्त्रणमा लिएका थिए ।