२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गुल्मीको रेसुङ्गमा सडक पीच


1.625k
Shares

काठमाडौं । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे भएको छ ।

पर्यटकीय दृष्टिकोणले भरिपूर्ण भएपनि सडक कालोपत्रे नहुँदा रेसुङ्गा क्षेत्रसम्म पुग्न तीर्थालु र पर्यटकले निकै सास्ती खेप्दै आएका थिए । अहिले सडक कालोपत्रे भएसँगै रेसुङ्गा पुग्न सहज भएको छ ।

पैदल मार्ग २ वर्ष पहिले नै निर्माण भएपनि सडक कालोपत्रे नहुँदा वर्षातको समयमा रेसुङ्गा पुग्न कठिन हुँदै आएको थियो । सडक कालोपत्रे भएपछि रेसुङ्गा पुग्न सहज भएको छ ।

रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे हुँदा पराल्मी, जुभुङ्ग र बलिथुमसम्म पुग्नेहरुका लागि पनि सजिलो भएको छ । सडक बिस्तार भएको डेढ दशकपछि मात्रै सडक कालोपत्रे भएको हो ।

तम्घासदेखि रेसुङ्गा–तम्घास सिमलटारी सडक आयोजना मार्फत ठेक्का लगाएपनि विभिन्न कार्यालय हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मी मार्फत काम भइरहेको छ ।