१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चिकित्सकमाथि कुटपिट भएको विरोधमा आकस्मिक बाहेकका सेवा बन्द


1.417k
Shares

काठमाडौं । हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।

उनीहरुले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् ।

अस्पतालको सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरु मर्कामा परेका छन् । चिकित्सक संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ ।

आन्दोलनमा उत्रिएका चिकित्सकहरुले देशमा कानूनी राज्य हुनुपर्ने बताए । आन्दोलनका क्रममा बोल्दै डा. शेषराज घिमिरेले बिरामी बचाउनेहरुमाथि कुटपिट गर्दा सरकार मुकदर्शक बनेको आरोप लगाउनुभयो ।