
काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर आज विहान तीन बजेदेखि नै खुलेको छ ।
दर्शन गर्न जाने भक्तजनहरुको सुविधाका पशुपति क्षेत्र बिकास कोषले विभिन्न दिशाबाट मन्दिरसम्म पुग्ने लाइनको ब्यवस्था गरेको छ । लाइन व्यवस्थापनका लागि स्वयंसेवकहरु परिचालन गरिएको छ भने ठाउँ ठाउँमा स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणको ब्यवस्था पनि गरिएको छ । दर्शनका लागि कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा, पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
दोस्रो लाइन मित्रपार्कबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यसैगरी तेस्रो लाइन भने गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । चौँथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्ने गरी ब्यबस्था मिलाएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । आज दिनभरमा लाखौं महिलाहरु पशुपति दर्शनका लागि पुग्ने कोषको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्