७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


शहरमा तडकभडक बढेको भन्दै धनकुटामा फरक ढंगको तीज


325
Shares

धनकुटा । शहरमा तीजको तडकभडक बढेको भन्दै धनकुटाको छथर जोरपाटी गाउँपालिकाले फरक ढंगले तीज मनाएको छ ।

तीजको मौलिकता नष्ट हुने गरी बढेको विकृति विरुद्ध महिलाहरु एक भएर तीज पर्व मनाएका हुन् । तीज पर्व महिला सशक्तीकरणका लागि हुनु पर्नेमा तडकभडक र विकृत बन्दै गएको भन्दै उनीहरुले सन्देशमुलक कार्यक्रम आयोजना गरि तीज मनाएका छन् ।

छथर गाउँपालिकाले वडा स्तरीय सामाजिक विकृति विरुद्ध सन्देशमुलक नाटक समेत आयोजना गरेको छ । तीजमा आएको विकृतिलाई न्यूनीकरण गर्न यस्तो कार्यक्रम आयोजना गरिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो ।


गाउँपालिकाले कला, साहित्य, संगीत, सस्कृतीसँगै प्रतिभाको खोजी गर्ने उद्धेश्य राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताउनु भयो । कार्यक्रममा चेली, माईतीबीचको दुःख, बेदना र बिलौनाका गीतसंगै नाचगानसमेत प्रस्तुत गरिएको थियो ।