२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महिला फुटबल टोली चीन प्रस्थान


13
Shares

काठमाडौं । एसियन गेम्सका लागि नेपाली महिला फुटबल टोली चीन प्रस्थान गरेको छ ।

चीनको हान्झाउमा हुने १९ औं एसियन गेम्सका लागि नेपाली राष्ट्रिय महिला टोली चीन प्रस्थान गरेको हो ।

२२ सदस्यीय नेपाली टोलीको कप्तानी रेनुका नगरकोटीले गरेकी छिन् । टोलीको मुख्य प्रशिक्षकका रुपमा बालगोपाल मर्हजन रहेका छन् ।

जापान र भियतनामसँगै दुई दक्षिण एसियाली मुलुक बंगालादेश र नेपाल समुह डी मा रहेको छ । महिला फुटबल सेप्टेम्बर २१ बाट सुरु हुने छ ।

नेपालले पहिलो खेल २२ सेप्टेम्बरमा भियतनामसँग खेल्दैछ । यस्तै, विश्व च्याम्पियन रहेको जापानसँग टोलीले २५ सेप्टेम्बरमा खेल्दा बंगालादेश र नेपाल २८ सेप्टेम्बरमा भिड्दैछन् । महिला टोलीको यो पहिलो एसियन गेम हो ।