
काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा गएराती दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
तिलोत्तमा नगरपालिका–९ केउलानीको एक रेष्टुराँमा मदिरा सेवन गरिरहेकाहरु बीच विवाद भएपछि झडप भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
झडपमा परी हेटौडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अर्को समूहको चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
झडपमा काठमाडौं महानगरपालिका वडा नम्बर १ का विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएका छन् । उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । झडपमा संलग्न रहेको आशंकामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्