१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


ठूलो परिमाणमा लागुऔषध सहित चितवनमा एक जना पक्राउ


1.976k
Shares

काठमाडौं । चितवन प्रहरीले भारी मात्रामा लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने सुर्य बहादुर कार्की रहेका छन । कार्कीले संचालन गर्दै आएको खाजा पसलमा चेकजाँच गर्ने क्रममा ९४० ग्राम गाँजा, प्रतिबन्धित औषधि ट्रामाडोल ५ हजार ७६६ ट्याब्लेट, प्रोमेथ २ हजार ९३८ ट्याब्लेट, एनार्गन २ हजार ७३५ ट्याब्लेट र नगद एक लाख बढी फेला परेको प्रहरीले जनाएको छ ।

कार्कीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले बताउनुभयो ।