१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


शेखर समूहको बैठकमा महामन्त्री शर्मा र नेता पौडेल नजाने


975
Shares

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइरालाले आज बोलाउनु भएको आफ्नो समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल सहभागी नहुने भएका छन् ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । वैठकमा १४औँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भइ जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा महामन्त्री शर्मा र नेता पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापाको पक्षमा खुलेका थिए ।