२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कर प्रणाली सुधारको माग गर्दै राजधानीमा प्रदर्शन


143
Shares

काठमाडौं । कर प्रणालीमा सुधारको माग गर्दै मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

कर न्यायका लागि एशिया डेज अफ एक्सन र ऋण, बिकास सम्बन्धि एशीयाली जनताको अभियान एपीएमडीडीले संयुक्त रुपमा कर प्रणालीलाई सही बाटोमा ल्याउन दबाब दिने उद्धेश्यले प्रदर्शन आयोजना गरेको हो ।

विश्वब्यापी रुपमा हुने कर छली तथा कराको दुरुपयोग गर्नेको संख्या बढ्दै गएको भन्दै उनीहरुले करको दायरामा समतामुलक कानुनी प्रावधान राख्न माग गरेका छन् । कर उठाएर धनी पहुँचवालाहरुलाई मात्रै पोस्ने काम भएको आरोप पनि उनीहरुले लगाएका छन् ।

त्रुटीपूर्ण कर प्रणाली बिकासको बाधक भएकाले यसलाई सच्याउन साताब्यापी विरोधका कार्यक्रम राखिएको आयोजकले जनाएका छन ।