
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रुपान्तरणको लागि देशभित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र सुधार आएको भन्दै आर्थिक उन्नती हुने सकारात्मक माहोल बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले आर्थिक विकासको सकारात्मक माहोल बनाउनको लागि आर्थिक गतिविधिमा सबै समोलन हुनपर्ने उल्लेख गर्नुभयो ।
उहाँले मुलुकको आर्थिक रुपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले सरकार मुलुकमा सुशासन र लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापना गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले गणेशमान सिंह पार्कको स्थानीय,प्रदेश र संघ सरकारको सहकार्यमा पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पार्क निर्माणको बाँकी काममा सरकारको सहयोग रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्