
web pic
बर्दिया । सर्पको टोकाइबाट बर्दियामा एक बालकको मृत्यु भएको छ ।
बासगढी नगरपालिका–३ उतरभकारीका ५ वर्षीय बालक जय थारुको मंगलबार मध्यान्ह मृत्यु भएको हो ।
घरको आँगनमा खेलिरहेका उनलाई गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकको अस्पतालले जनाएको छ ।
बैशाखदेखि हालसम्म सर्पदंशबाट भेरी अस्पतालमा मात्रै उपचारकै क्रममा चार जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्