१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छ : मदनकृष्ण श्रेष्ठ


91
Shares

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गर्नुभयो । उहाँले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले अहिले विकृति झनै मौलाइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याब्बासी पाएको महशुस भएको बताउनुभयाे ।