८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु हुँदैन : एमाले अध्यक्ष ओली


234
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताउनुभएको छ ।
बुधवार काठमाडौंको नक्शालस्थित नारायण चौरमा पार्टीले आयोजना गरेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले सरकारले देखावटी रुपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउनु नहुने बताउनु भयो ।

उहाँले सरकारले सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरु गर्नु नहुने बताउनु भयो । उहाँले संविधान दिवस नेपाली जनताको साझा दिवस भएको पनि बताउनु भयो । उहाँले उपलब्धिहरुलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापहरु देखिने गरेको भन्दै त्यस्ता क्रियाकलापप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले जनताको एकता, उन्नतिका लागि विभाजनकारी प्रवृत्ति, जनतामा खटपट ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पुर्‍याउने प्रवृत्ति, क्षेत्रीय, साम्प्रदायिक, जातियतावादी अथवा विभिन्न आस्थाका नाममा गरिएका उच्श्रृंखल खालका क्रियाकलापहरु राष्ट्रिय एकताको पक्षमा नरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले संविधान दिवस सरकारी दिवस नभइ सरकार र नेपाली जनताको दिवस भएको उल्लेख गर्नुभयो । उहाँले संविधानको प्रभावकारी कार्यान्वनय गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताउनु भयो । नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौं नक्शालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।