
सर्लाही । संविधान दिवसको अवसरमा सर्लाही सहित तराइ मधेसमा विराेध गर्दै र्याली गरिएकाे छ ।
संविधान जारी गरेका बेलामा ब्यापक विरोध भएकोमा पछिल्लो समय मधेशकेन्द्रीत दलहरु पनि नरम बन्दै गएका हुन् ।
जनता समाजवादी पार्टी नेपालका सर्लाही अध्यक्ष बिरेन्द्र राय पार्टीले आजको दिनलाई न हर्ष न बिस्मातको रुपमा लिएको बताउनुहुन्छ । यता, लोकतान्त्रिक समाजवादी पार्टीले भने सदरमुकाम मलङवामा विरोध र्याली निकालेको छ ।
मधेशका जनताको छातीमा गोली चलाएर बनाइएको संबिधान जारी भएको दिन कालो दिनकै रुपमा मनाइने लोसपाका जिल्ला उपाध्यक्ष मोहम्मद हुसेन खान बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्