
जनकपुर । नेपालले नयाँ संविधान पाएको आठ वर्ष पूरा भएको छ ।
तर,जबरजस्ती संविधान लादिएको भन्दै मधेस केन्दीत दलहरु लोसपा र तमलोपाले कालो दिनको रुपमा मनाएको छ ।
संविधान जारी भएकै दिन मधेश आन्दोलनमा सहभागी भएका तीन जनाको पुलिसको गोली लागेर मृत्यु भएको थियो । यद्यपि मधेस र मधेसवादी दलको विरोधको स्वरकाबीच संविधान जारी भयो ।
जनकपुरधाममा संविधान दिवसको विरोधमा लोकतान्त्रिक समाजवावदी पार्टीले विरोध र्याली निकालेको छ । लोसपाका जिल्ला अध्यक्ष परमेश्वर साहले नेपालको संविधानमा मधेशी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गर्नुभएको छ ।
तराई मधेश लोेकतान्त्रिक पार्टी (तमालोपा)ले पनि संविधानप्रति असन्तुिष्ट जनाउँदै विरोध र्याली निकालेको छ । संविधान मधेसी जनतामाथी जबरजस्ती लादिएको भन्दै आफूहरुले अपूर्ण संविधानप्रति विरोध जनाउँदै आएको तमलोपाका नेताहरु बताउँछन् ।
विरोध र्यालीको क्रममा तमलोपाले संविधानको प्रति समेत जलाएको छ ।
प्रतिक्रिया दिनुहोस्