
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा जोडबल गर्न आफ्नै पार्टीका नेताहरुलाई आग्रह गर्नुभएको छ ।
बुधबार बिपी साहित्य महोत्सव २०८० मा आयोजित ‘बिपीको विचार, आजको संविधान र अबको बाटा’े विषयक अन्तरक्रियामा बोल्दै नेता सिटौलाले कांग्रेसका नेताहरुले संविधान कार्यान्वयनमा जोडबल गर्नुपर्ने बताउनुभएको हो । उहाँले संविधानलाई एकपटक कार्यान्वयन गरेर मात्रै मुल्यांकन र पुनरावलोकन गर्न सुझाव दिनुभयो ।
नेता सिटौलाले संविधान कार्यान्वयनको सन्दर्भमा गाडि किनेर ल्याउने तर तेल नहाल्ने र ड्राइभर नराख्ने अवस्था भएको टिप्पणी गर्नुभयो । उहाँले आफूले संविधान जारी गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसपछिको दुई कार्यकाल आफू संसदमा प्रवेश गर्न नपाउनुलाई ‘ट्राजेडी’ को संज्ञा समेत दिनुभयो । नेता सिटौलाले संविधान जारी भएपछि नेपालको विकास मोडेलमा पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।
नेता सिटौलाले पुरानै केन्द्रिकृत तथा एकात्मक सोँचले संविधानको कार्यान्वयन गर्न नसकिने बताउनुभयो । केन्द्रिकृत मानसिकतालाई परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्