१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


यस्तो छ आजको मौसम


3.575k
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

बिहीबार बिहान लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

यस्तै, बिहीबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।