
काठमाडौं । १९ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष भलिबलमा नेपाल इरानसँग पराजित भएको छ ।
चीनको हाङझाउमा बुधबार भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । इरानले नेपाललाई २५–९, २५–१४ र २५–१३ को सेटमा हरायो ।
यसअघि पहिलो खेलमा बहराइनसँग ३–१ को सेटमा पराजित भएको नेपाल बुधबारको खेलमा पनि पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
एसियन गेम्स अन्तर्गत भलिबलको महिलातर्फका खेल सेप्टेम्बर ३० देखि हुनेछ । नेपालको समुहमा भियतनाम र दक्षिण कोरिया रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्