१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उचित मूल्य नपाउँदा घाटामा आलु बेच्दै भोजपुरका कृषक


3.627k
Shares

भोजपूर । आलुको उचित मूल्य नपाएपछि भोजपुरका कृषकले घाटामा आलु बिक्री गर्न थालेका छन् ।

अहिले यहाँ आलुको मूल्य ५० प्रतिशतले घटेको छ । गत वर्ष प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरेको आलु यसवर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री गर्नु परेको टेम्केमैयुङ– ५ चोलन्तीका कृषकको भनाइ छ ।

आलु उत्पादनको क्षेत्र मानिएको चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिक ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको कृषक बताउँछन् । आलुको मूल्य घटेपछि लागत उठाउन समस्या हुने भन्दै यहाँका कृषक चिन्तित भएका छन् ।

लामो समयसम्म भण्डारण गर्दा आलु कुहिने भएकाले कम मूल्यमै बिक्री गर्नुपरेको उनीहरु बताउँछन् । आलु कृषकका लागि बजारीकरण र भण्डारण केन्द्रको व्यवस्था भए उचित मूल्यमा बेच्न पाइने कृषकको भनाइ छ ।