
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले शीर्ष नेतृत्वबाट मात्रै कोशी प्रदेशमा मध्यावदीमा जानबाट रोक्न सकिने बताउनुभएको छ ।
बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले यस्तो बताउनुभएको हो । उहाँले कोशी सरकार गठन समस्याको रुपमा रहेको बताउनुभयो । उहाँले शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्ने बताउनुभयो ।
नेता थापाले कोशी प्रदेशमा राजनीतिक अस्थिरताका कारण विकास निर्माण ठप्प भएको बताउनुभयो । उहाँले कांग्रेसले मध्यावदीमा जान नचाहेको भन्दै मध्यावदीमा गएर मात्रै समस्या समाधान हुने नभएको स्पष्ट पार्नुभयो ।
कांग्रेस नेता थापाले प्रदेशलाई अधिकारसम्पन्न नबनाए संघीयता कमजोर हुने बताउनुभयो । उहाँले प्रदेश कमजोर हुँदा संघीयता कार्यान्वयनमा समस्या आउने बताउनुभयो ।
नेता थापाले नेपाली काँग्रसको विधानभित्र प्रदेश संरचना निर्माण भएपनि प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार नरहेको बताउनुभयो । संघीयतालाई सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्