
काठमाडौं । सर्लाहीको मलंगवा नगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको छ ।
गणेश चतुर्थीको मूर्ति सेलाउने क्रममा भएको विवादले अराजक रूप लिएपछि जिल्ला प्रशासनले गए राती १० बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कर्फ्यूआदेश जारी गरेको हो ।
विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पुरानो मलंवाङ्गवा नगर क्षेत्रभित्र आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्