१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता


1.924k
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गर्नुभएको छ ।

महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा बाइडेनले दिएको रात्रिभोजका क्रममा प्रधानमन्त्री दाहालले बाइडेनसँग भेट गर्नुभएको हो ।

भेटपछि प्रधानमन्त्री प्रचण्डले न्यानो आतिथ्यताका लागि बाइडेन दम्पतीलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहाल अमेरिकाबाट भोलि शनिवारदेखि चीन भ्रमणमा जाँदैहुनुहुन्छ ।

प्रधानमन्त्री दाहालले सेप्टेम्बर २३ देखि ३० सम्म चीनको भ्रमण गर्न लाग्नु भएको हो । प्रधानमन्त्री दहाल गत भदौ ३० गते अमेरिकातर्फ जानु भएको थियो ।