७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बौद्ध शैक्षिक प्रतिष्ठानद्वारा शान्ति दीप यात्रा


286
Shares

काठमाडौं । विश्व शान्ति दिवसको अवसरमा बौद्ध शैक्षिक प्रतिष्ठानले हरेक वर्ष शान्ति दीप यात्रा गर्दै आएको छ ।

यस वर्ष पनि स्वयम्भु महाचैत्यदेखि नमः बुद्ध सम्म शान्ति दीप यात्रा सम्पन्न गरिएको छ ।

स्वयम्भूस्थित महाचैत्यको अमिताभ बुद्धमा २१ थरिको गेडागुडी दान सम्पन्न गरेपछि प्रतिष्ठानका सल्लाहकार ईमेजच्यानलका महाप्रबन्धक रघुबरभक्त मानन्धर र बौद्धसंघ भक्तपुरका अध्यक्ष त्रिरत्न शाक्यबाट अमिताभ बुद्धको दर्शन पश्चात दीप यात्रा शुभारम्भ भएको हो ।

बौद्ध शैक्षिक प्रतिष्ठानका अध्यक्ष मंगलकृष्ण मानन्धरले प्रत्येक वर्ष विश्व शान्ति विसका अवसरमा विश्व शान्तिको कामना गर्दै स्वयम्भू महाचैत्यदेखि नमःबुद्ध महाचैत्यसम्म दिपयात्रा गरिंदै आएको उल्लेख गर्नुभयो ।