
धनकुटा । राज्यले कृषि क्षेत्रमा दिएको अनुदान वास्तविक किसानसम्म अझै पुग्न नसकेको सरोकार वालाहरुको ठम्याई छ ।
कृषि ज्ञान केन्द्र धनकुटा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले संयुक्त रुपमा आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम सार्वजनिकिकरण गोष्ठीमा सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणमा ध्यान दिनुपर्ने, उत्पादनमा आधारीत अनुदानको व्यवस्था गरिनुपर्ने, अनुदानलाई वास्तविक किसानसम्म पु¥याउनु पर्नेमा जोड दिएका छन् ।
कृषि ज्ञान केन्द्र र भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आगामी दिनमा कार्यक्रम बनाउदा सम्बन्धित सरोकारवलासँग छलफल गरेर मात्र कार्यक्रम बनाउन सुझाव दिएका छन । साथै उनिहरुले अझै पनि सरकार वास्तविक किसानका समस्या समाधानतर्फ लाग्न नसकेको आरोप समेत लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्