
दाङ । दाङमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।
शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका– ११ बेलटाकुराका ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
खुकुरी प्रहारबाट अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा ६५वर्षीया चन्द्रकुमारी हमाल र उनका ४५ वर्षीय छोरा वीरबहादुर हमाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । टेकबहादुरले बाटोमा अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्