
प्रतिकात्मक तस्विर ।
काठमाडौं । चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा डुबेर एक जना बैंकका कर्मचारीको मृत्यु भएको छ।
भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए।
दिउँसो नुहाउने क्रममा बेपत्ता भएका तिमिल्सिनाको शव साँझ भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस्