
काठमाडौं । नेपाल–चीनबीचको लप्ची नाका आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।
दोलखाको बिगु गाउँपालिका–१ को लप्ची सीमानाका आइतबारदेखि खुला गर्ने सहमति भएको हो । कोभिड महामारीपछि बन्द गरिएको यो नाका एक साताका लागि खुल्ने जनाइएको छ ।
स्थानीयको परिचयपत्र र बोर्डर कार्डसहित कागजात देखाएर प्रवेश गर्न दिइने शर्त चिनियाँ पक्षले राखेको छ । एक साताका लागि भए पनि नाका खुल्ने भएपछि स्थानीय हर्षित भएका छन् ।
यो नाका हुँदै नेपालीहरुले तिब्बतमा नेपाली घिउ र याकका बाच्छा लगायतका सामग्री बिक्री गर्न पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्