१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली सेनाका सहायक अधिकारीको म्याद थपप्रति सांसद पन्तको आपत्ति


1.248k
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रो पटक म्याद थप गरिएकोप्रति आपत्ति जनाउनुभएको हो । अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन हुनुभएको हो ।

उहाँले नेपाली सेनामा कुनै एक अधिकृतको दोस्रो पटक म्याद थप भएको यो पहिलो घटना भएको भन्दै यस विषयमा रक्षा मन्त्रीको जवाफ माग गर्नुभयो । उहाँले माओवादीबाट नेपाली सेनामा आएकाहरुलाई पक्षपात र भेदभाव गर्नु नहुने तर विशेष रुपले काखि पनि च्याप्नु नहुने बताउनुभयो ।

उहाँले दुई पटक म्याद थप गरेर सरकारले गलत नजिर स्थापित गराएको उहाँको भनाई छ ।