१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छ : सञ्चारमन्त्री शर्मा


143
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताउनुभएको छ ।

आइतवार सिंहदरबारमा भएको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौति रहेको पनि बताउनुभयो । उहाँले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौति थपेको बताउनुभयो । सञ्चारमन्त्री शर्माले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रसँग संवद्ध, नियम, कानून, ऐनलाई सरकारले व्यवस्थित बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री शर्माले जनताको अवस्था सही बनाउन नसके बोलेर मात्रै व्यवस्था ठिक छ भन्न नसकिने बताउनुभयो । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार, २०८० बाट कान्तिपुर टेलिभिजनका पत्रकार महेश केसी र नेपाल टेलिभिजनका शिव सिलवालाई सम्मान गरिएको छ ।