२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नाइजेरियाको बेनिनमा इन्धन डिपो आगलागी हुँदा ३५ जनाको मृत्यु


234
Shares

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको सीमाना नजिक रहेको बेनिन शहरको एउटा इन्धन डिपोमा विस्फोट हुदाँ ३५ जनाको मृत्यु भएको छ ।

तस्करी गरी ल्याएको इन्धन थुपारिएको अबैध इन्धन डिपोमा आगलागीसँगै भएको विस्फोटबाट एक बालकसहित ३५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

स्थानीय सरकारले घटना दुर्भाग्यपूर्ण रहेको भन्दै उक्त मृत्युको पुष्टि गरेको हो । अधिकारीहरुका अनुसार विस्फोटमा अरु २० जना घाइते भएका छन् । विभिन्न अस्पताल भर्ना गरिएका घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घटना लगत्तै आकाशमा धुवाँको कालो बादल मडारिएको थियो । घटना बारे अनुसन्धार भैरहेको अधिकारीहरुको भनाई छ ।