
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढीरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्ने गरेको बताउनुभयो । सभापति देउवाले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको बताउनुभयो ।
सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसावले आरक्षण गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्