२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पूर्वराजा शाह भक्तपुर पुग्दा उर्लियो जनसागर


6.708k
Shares

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरवासीको निमन्त्रणामा आइतबार भक्तपुर पुगी तलेजु भवानीलगाय मन्दिरको दर्शनका साथ भक्तपुरबासीसँग अन्तरक्रियासमेत गर्नुभएको छ । पूर्वराजा भक्तपुर पुग्दा उर्लेको जनलहर थाम्न सुरक्षाकर्मी र स्वयंमसेवकलाई हम्मेहम्मे परेको थियोे ।

पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर पुग्दा नरनारीको भीड लाग्यो । पूर्व राजा शाहको बेलाबेलामा हुने गरेको देशदौडाहाका क्रममा स्वागत गर्नेहरुको भीड त लाग्ने नै गरेको थियो । आइतबार दिउँसो ३ बजे भक्तपुर दरबार स्वायकरमा पूर्व राजा शाह पुग्दा यहाँको भीड थामिनसक्नु थियो । सुरक्षाकर्मी र स्वयमसेवकलाई भीड व्यवस्थान गर्न हम्मे हम्मे परेको थियो ।

देशका विभिन्न जिल्लाबाट समेत आइपुगेका पूर्व राजा समर्थकको भीडले राजा आउ देश बचाउ लगायतका नाराबाजी गरेका थिए । हात हातमा देशको झण्डा बोकेका जुनसुकै वर्गका सर्वसाधारण घामको परवाह नगरी घण्टौं लाइनवद्ध भएर पूर्व राजालाई भेट्न कुरी बसेकाहरुले नेताले केही गर्न सकेनन् अब राजा र राजसंस्था चाहिने बताएका छन् ।

देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारीलगायतका कारण दलका क्रियाकलापप्रति बढ्दो वितृष्णा अनि राजसंस्थाप्रतिको आस्था यी नागरिकको मन मस्तिष्कमा प्रष्टै देखिन्थो । भक्तपुरको मौलिक परम्परा झल्कने नृत्य प्रस्तुत गरिदा पूर्व राजा शाहले अभिरुची पूर्वक अवलोकन गर्नुभयो । साथै उहाँले आफूलाई भेट्न आएका सर्वसाधारणको हात समातेर सदभाव समेत प्रकट गर्नुभएको थियो ।