१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजा अर्चना


351
Shares

जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ ।

सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरधाम पुग्नुभएका राष्ट्रपति पौडेललाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थ रोशन दासले पूजा अर्चना गराउनु भएको हो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक जनकपुरधाम पुग्नुभएको हो । उहाँले सीताराम संकिर्तन तथा १ सय ८ शालिग्रामको समेत अवलोकन गर्नुभयो । राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ

साथै जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ ।