९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने


5.46k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलवार (भोलि)बाट शुरु हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले सोमवार वसन्तपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी सो पर्वको शुभारम्भ भोलिबाट हुने औपचारिक जानकारी गराएको हो । जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा साामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापहरु संचालन भइरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो ।
जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउनेछन् ।

इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ । नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रुपमा इन्द्रको पूजा आराधना गर्दछन् । ८ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाईन्छ ।