१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सडक व्यापार व्यवस्थापनका लागि महानगरलाई दबाब दिन मिल्दैन : उपमेयर डंगोल


13.754k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले यो समस्या देशभरकै सबै शहरहरुमा भएकाले संघीय सरकारले दिगो समाधान दिनेगरी आवश्यक एकीकृत नीति बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

उपमेयर डंगोलले समस्या समाधानका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिने काम नगर्न पनि अनुरोध गर्नुभयो । काठमाडौं महानगरपालिकालाई कसैको दबाब भन्दा पनि सुझाव आवश्यक रहेको पनि उहाँको भनाई थियो । उपमेयर डंगोलले काठमाडौं महानगरपालिका आफ्ना नीति र कार्यक्रम अनुसार अघि बढीरहेको बताउनु भयो ।

उपमेयर डंगोलले संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीहरुको समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।